ललितपुरको पुल्चोकलस्थित दाउरा थकाली रेस्टुरेन्टमा आगलागी भएको छ। मंगलबार अपराह्न दाउरा थकाली रेस्टुरेन्टको माथिल्लो तलमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन। अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मी पुगेका छन्। प्रकाशित: फागुन १९, २०८२ मंगलबार १५:५६ 387 Shares
प्रतिक्रिया