समाज


हृदयघात हुँदा भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन, आज बिहान अन्त्यष्टि

हृदयघात हुँदा भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन, आज बिहान अन्त्यष्टि

नेपालखबर
फागुन २७, २०८२ बुधबार ५:४२, काठमाडौँ

भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ।

मानन्धरलाई अकस्मात हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो। अस्पताल पुर्‍याएको केही समयपछि नै चिकित्सकहरूले उनलाई मृत घोषित परिवारका सदस्यले जानकारी दिए।

उनी ‘इनाप’ साप्ताहिकबाट पत्रकारितामा आएका थिए। पछि ‘विश्वभूमि’ दैनिक प्रकाशनबाट पूर्णकालीन पत्रकारका रूपमा काम गरेका थिए। 

त्यसपछि सन्ध्या टाइम्स दैनिक र त्यसपछि नेपाल भाषा टाइम्स दैनिकमा सम्पादक भएर काम गरे । ‘अप्सरा’ फिल्मम्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’ लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी उनले केही समय काम गरेका थिए।

विसं २०४६ मा जनआन्दोलनको समयमा प्रहरीको कडा घेराभित्र वीर अस्पतालमा भर्ना भएका जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसँग साथी सुजिव बज्राचार्यसँगै डाक्टरको भेषमा गई मानन्धरले अन्तर्वार्ता लिएका थिए। जुन धेरै चर्चित भएको थियो।

स्व मानन्धरको ‘नेपालभाषा आन्दोलन’, ‘नेपाल संवत् आन्दोलन’, नेवाः संस्कृतिका साथसाथै विविध विषयमा नेपालभाषा र नेपालीमा लेख रचना प्रकाशित छ। 

स्व मानन्धरको ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’९आधुनिक कविता सङ्ग्रह०, ‘पद्मरत्न तुलाधर’ (नेपाल भाषाका अग्रजका साथसाथै मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित भएको छ। उनको सोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ समेत प्रकाशित छ। उनले डा अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर ‘इन्द्रजात्रा’/‘येँयाः’ पुस्तकसमेत लेखेका छन्।

स्व मानन्धरको भोलि (बुधबार) बिहान काठमाडौँ इन्द्रयणी घाटमा अत्यष्टि गरिने जानकारी परिवारका एक सदस्यले दिएका छन्। विसं २०२३ कात्तिकमा जन्मिएका मानन्धरका श्रीमती र दुई छोरा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad