समाज


इनिशालाई न्याय माग गर्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

इनिशालाई न्याय माग गर्दै सुर्खेतमा विद्यार्थीको प्रदर्शन

दिनेश बुढा
फागुन २९, २०८२ शुक्रबार १३:३८, सुर्खेत

बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकलाई न्यायको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन्। 

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा ‘इनिशा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीले प्रदर्शन गरेका हुन्। नाराबाजी गर्दै विद्यार्थी जिल्ला प्रहरी कार्यालय पुगेका छन्। 

इनिसा वीरेन्द्रनगर-६, घण्टाघर नजिकको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। प्रदर्शनमा उनीसँगै अध्ययनरत विद्यार्थीसँगै वीरेन्द्रनगरका विभिन्न विद्यालयका विद्यार्थी सहभागी थिए। 

वीरेन्द्रनरका विभिन्न विद्यालयबाट प्रदर्शन सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय पुगेर उनीहरूले इनिशालाई न्यायका लागि दबाब दिएका छन्। 

यसमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले अनुसन्धान भइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad