समाज


जग्गा विवादमा ७५ वर्षीया आमाको हत्या, बहिनीमाथि पनि आक्रमण

जग्गा विवादमा ७५ वर्षीया आमाको हत्या, बहिनीमाथि पनि आक्रमण

नेपालखबर
चैत ४, २०८२ बुधबार १२:२, काठमाडौँ

कञ्चनपुरका एक व्यक्तिले आफ्नी आमाको हत्या गरेका छन्।

दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका प्रहरीले जनाएको छ। 

हरिप्रसादले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गर्नुका साथै बहिनीलाईसमेत घाइते बनाएका छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति भएको घटनामा ब्रिन्द्राको घटनास्थलमै मृत्यु भएको हो। 

दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

आमाको हत्यापछि फरार भएका अभियुक्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ। जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण रहेको सूचना अधिकारी शाहीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad