समाज


जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १९:५७, काठमाडौँ

नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–१ का ३० वर्षीय विकास रुम्बालाई आज पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निजलाई आज बालाजुबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको उहाँले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad