नेपालमा आज (बुधबार) एकै दिन कोराना संक्रमण पुष्टि भएका २६ जनामा ४ वर्षदेखि ७४ वर्षसम्मका व्यक्ति छन्। तीमध्ये सबैभन्दा बढी युवा उमेरका २० जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार २२ वर्षका ४ जना, ३२ वर्षका ३ जना र ३६ वर्षका ४ जना, ४० वर्षका ३ जना, २८ वर्षका २ जना, २९ वर्षका १ जना, ३३ वर्षका १ जना र २५ वर्षका १ जना छन्। नेपालमा सामान्यतया २० वर्षदेखि ४० वर्षसम्मकालाई युवा मानिन्छ।
यस्तै आज संक्रमण पुष्टि भएकामा ४२ वर्षका दुई जना छन् भने ४ र १० वर्षका दुई बालक पनि रहेकाे मन्त्रालयका सहप्रवक्ता डा. समीकुमार अधिकारीले जानकारी दिएका छन्।
हेराैँ विज्ञप्ति पनि:

यसअघि आजै कपिलवस्तुका २२ वर्षका पुरुष र बाँकेकी ३६ वर्षकी महिला पनि कोरोना संक्रमण पुष्टि भएका छन्। सबै गरेर आज एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

विज्ञले कोरोना भाइरसले खासगरी युवा तथा रोग प्रतिरोधात्मक क्षमता बढी भएका व्यक्तिलाई भन्दा बढी उमेरका र त्यस्तो शक्ति कमजोर भएकालाई आक्रमण गर्ने बताइरहेका छन्। तर नेपालमा प्रशस्त मात्रामा युवा उमेरका मानिसलाई पनि कोरोना संक्रमण देखिएको हो।


प्रतिक्रिया