समाज


थप बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, हल्का वर्षा हुने सम्भावना

थप बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, हल्का वर्षा हुने सम्भावना

नेपालखबर
चैत १०, २०८२ मंगलबार ६:२६, काठमाडौँ

आज (मंगलबार) काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वमानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् सरोज पुडासैनीले नेपालखबरलाई दिएको जानकारीअनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना देखिएको हो। 

‘आज दिनभर यहाँको मौसम साधारणतया बदली हुने सम्भावना छ’, उनले भने, ‘अनि दिउँसो अपराह्नतिर मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।’

यसैबिच आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.४ डिग्री सेल्सियस देखिएको जानकारी पनि उनले दिए।

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।  

सोमबार सुरुवाती मापनमा ११.८ देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ११.७ डिग्री सेल्सियसमा झरेको थियो। आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad