रसुवामा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्।
कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा बुधबार साँझ कन्टेनर दुर्घटना हुँदा कालिका गाउँपालिका–१ निवासी अन्दाजी ३९ वर्षीय पासाङनुर्पु थोक्रा (पासाङ) को मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी रमेश रायले जानकारी दिए।
उनी कन्टेनर चालक हुन्।
चिनियाँ सामग्री लिनका लागि केरुङतर्फ जाँदै गरेको ना.६ख ५४९८ नम्बरको कन्टेनर दक्षिणी रसुवाको कालिकास्थानबाट धुन्चेतर्फ जाने क्रममा अनियन्त्रित भई करिब एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको टोलीले चालकसहित दुई जनालाई उद्धार गरी उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाएको थियो।
उपचारका क्रममा पासाङनुर्पु को मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी रमेश रायले जानकारी दिए।
Shares

प्रतिक्रिया