रूपन्देहीमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
सिद्धार्थनगर नगरपालिका-१२ मा बर्मेलीटोलबाट देवकोटाचोकतर्फ जाँदै गरेको लु.६५ प ७२०५ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाउको छ।
मृत्यु हुनेमा सिद्धार्थगर नगरपालिका-२ मेउडीहवा बस्ने ५० वर्षीय जित बहादुर कोहार छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले स्कुटर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको छ।
384
Shares

प्रतिक्रिया