समाज


नेपालमा कोरोना :२२ हजार ६६४ को पीसीआर र ६२ हजार ३२७ को आरडीटी विधिबाट परीक्षण

नेपालमा कोरोना :२२ हजार ६६४ को पीसीआर र ६२ हजार ३२७ को आरडीटी विधिबाट परीक्षण

नेपालखबर
जेठ १, २०७७ बिहिबार १०:५७,

कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै पछिल्लो समय नेपालमा परीक्षणको दर पनि बढाइएको छ।

बिहीबारसम्ममा पीसीआर विधिबाट कुल २२ हजार ६६४ जनाको परीक्षण गरिएको छ भने आरडीटी विधिबाट कुल ६२ हजार ३२७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ धण्टामा पीसीआर विधिबाट १ हजार ३६३ जनाको परीक्षण गरिएको बताए।

नेपालमा मात्र १४ गतेबाट पीसीआर विधिबाट परीक्षण सुरु गरिएको र वैशाख लागेपछि यस विधिबाट गरिने परीक्षणको संख्या बढ्दै गएको प्रवक्ता देवकोटाले जनाकारी दिए।

उनले आरडीटी विधिबाट गरिएका परीक्षणको संख्या ६२ हजार ३२७ पुगेको जानकारी दिए।

प्रवक्ता देवकोटाले प्रदेश १ मा ८ हजार ६७३, प्रदेश २ मा ५ हजार ९६४, बागमती प्रदेशमा ९ हजार ८६१ गण्डकीमा ६ हजार ७१६, प्रदेश ५ मा ७ हजार ९११ कर्णाली प्रदेशमा ७ हजार ३०७ सुदूरपश्चिम प्रदेशमा १५ हजार ८९५ गरी कुल ६२ हजार ३२७ पुगेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad