समाज


यात्रुलाई आफ्नो गाडीमा टिकट काट्न अत्याउने १३ जना पक्राउ

यात्रुलाई आफ्नो गाडीमा टिकट काट्न अत्याउने १३ जना पक्राउ

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १८:३४, काठमाडौँ

काठमाडौँ उपत्यका बाहिर जाने यात्रुलाई आफूले भनेको गाडीमा टिकट काट्नका लागि अत्याउने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

शुक्रबार प्रहरी प्रभाग नयाँ बसपार्क र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले टिकट काउन्टरमा काम गर्ने १३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

नयाँ बसपार्कबाट १२ जना र अलंकीस्थित सडकखण्डबाट एक जनालाई नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। 

काठमाडौँ उपत्यका बाहिर जाने यात्रुलाई टिकट काउन्टरमा काम गर्ने कर्मचारीले अत्याउने गरेका छन्। उनीहरूले आफ्नो गाडीमा टिकट काट्न भन्दै यात्रुको झोला तथा सामान तान्ने, दुःख दिने, अभद्र व्यवहार गर्दै आएका छन्। 

यस सम्बन्धी प्रहरी परिसरमा सूचना आएपछि प्रहरी टोली खटिएको भट्टराईले बताए। उनीहरूलई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad