समाज


मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार ७:२२, कपिलवस्तु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय युवकको मृत्यु भएको छ। 

तौलिहवाबाट बहादुरगंज गइरहेको युपी ५५ एवाई ०८३९ नम्बरको भारतीय मोटरसाइकल दुर्घटनामा परेको हो। 

महाराजगंज नगरपालिका–६ भलवारी चोक नजिकै डिभाइडरमा ठोक्किँदा मोटरसाइकल दुर्घटना हुँदा भारतको उत्तरप्रदेश सिद्धार्थनगर ढेबरुवा थाना कमरियाग्राम घर भएका ३१ वर्षीय संजय मौर्यको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका मौर्यको उपचारका क्रममा कपिलवस्तु अस्पतालमा मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad