समाज


कर्णालीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता

कर्णालीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १२:९, काठमाडौँ

अछामको तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित कर्णाली नदीमा डुगा पल्टिँदा दुई जना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका-३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका छोरा १३ वर्षीय नरि बुढा रहेका छन्। वैशाख ३ गते बेलुका कर्णालीपारि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ। 

पहलसिंहले डुङ्गा चलाइरहेका थिए। उनी डुंगा चालक हुन्। डुंगा पल्टिएपछि बाबुछोरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाले बताए। 

बेपत्ताको खोजीकार्यको लागि माथिल्लो कर्णालीस्थित अस्थायी प्रहरी सुरक्षा बेस, प्रहरी चौकी भैरवस्थान, ढुङ्गाचाल्ना, ढकारीबाट प्रहरी टोली खटिएको छ। त्यस्तै, सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोली घटनास्थलतर्फ गएको प्रहरीले डीएसपी खनालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad