हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (सोमबार बिहान) कोसी प्रदेशसहित देशका हिमाली भेगको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
मौसमविद्को प्रक्षेपणअनुसार आज दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्नेछ। कोसी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागसहित देशका बाँकी हिमाली भूभागका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोचहरूमा तातो दिन हुने सम्भावना छ।
आज दिउँसो र राति विभिन्न सहरको तापक्रम कस्तो हुन्छ? तलको फोटोमा हेर्नुहोस्

यस्तै राति हिमाली भेगमा साधारणतया बादल लाग्ने, पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहनेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यसैबिच काठमाडौँ उपत्यकामा अपराह्नतिर छिटपुट वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।

Shares

प्रतिक्रिया