काठमाडौँ महानगरपालिकाले त्रिदेवी मन्दिर परिसरमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ।
काठमाडौँको ठमेलस्थित प्रसिद्ध त्रिदेवी मन्दिर आसपासका अनधिकृत भौतिक संरचना भत्काउन थालिएको हो। सोमबार सुरक्षाकर्मी र डोजरसहित पुगेको महानगरको टोलीले मन्दिरको सौन्दर्य र सार्वजनिक आवागमनमा बाधा पु¥याइरहेका संरचना हटाएको छ।
त्रिदेवी मन्दिर काठमाडौँको ऐतिहासिक र धार्मिक महत्वको स्थल हो। यहाँका अनधिकृत संरचना हटेसँगै मन्दिर परिसर खुला भएको छ।
सम्पदा संरक्षणकर्मीले महानगरको कदमको स्वागत गरेका छन्। पुरातात्विक क्षेत्रलाई व्यवस्थित बनाउन यस्ता कदम जरुरी रहेको उनीहरूको भनाइ छ।






45
Shares

प्रतिक्रिया