समाज


झापामा दुई समूहबीच हानाहान हुँदा एक जना घाइते

झापामा दुई समूहबीच हानाहान हुँदा एक जना घाइते

नेपालखबर
बैशाख ८, २०८३ मंगलबार १४:२०, काठमाडौँ

प्रधानमन्त्री बालेन शाहको निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा दुई समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भद्रपुरपुर–४ मन्त्रीचोकमा राधाकृष्ण अष्टजाम हेर्न गएका समूहबीच राति हानाहान भएको हो। कचनकवल गाउँपालिका–४ निवासी विष्णु माझीको टाउकोमा गम्भीर चोट लागेको छ। उनको कानमा पनि घाउ लागेको छ। उनको स्थानीय मेडिकल क्लिनकमा उपचार भइरहेको छ। 

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर–७ बोक्ताबारीका १९ वर्षीय आदित्य सहनी, १९ वर्षीय रोमन मिस्त्री, १८ वर्षीय विवेक राजवंशी र भद्रपुर नगरपालिका–६ फुटानीचोकका १८ वर्षीय प्रल्हाद राजवंशी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad