सार्वजनिक पदमा रहेका उच्चपदस्थ अधिकारी तथा कर्मचारीको सम्पत्ति छानवीन गर्न बनेको आयोगको प्रवक्तामा गणेश केसीलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। उनी आयोगकै सदस्य हुन्।
शुक्रबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो। उनी नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हुन्।
बालेन सरकारले २०६२/६३ देखि २०८२/८३ सम्मको अवधिमा सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीको छानवीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगमा पूर्व न्यायाधीश पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल अनि चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल पनि सदस्य छन्।
174
Shares

प्रतिक्रिया