काठमाडौँको थापाथली क्षेत्रमा सरकारले बिहानै डोजर परिचालन गरेर सुकुमवासी बस्ती हटाउन थालेपछि स्थानीयले धमाधम सामान ओसार्न थालेका छन्।
थापाथलीका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ।
सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो।
यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।
यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा शुक्रबार नै बस्ती खाली गर्न माइकिङ गरेको थियो। अन्यथा शनिबार बस्ती खाली गरिने र भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी दिइएको थियो।
कतिपयले भने शुक्रबारै बस्ती छाडिसकेका छन्।
शनिबार बिहानै डोजर आइपुगेपछि धमाधम सामान निकाल्दै थापाथलीस्थित सुकुमवासी बस्तीका बासिन्दा





Shares

प्रतिक्रिया