अहिले काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ। जसका कारण अँध्यारो देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार उपत्यकाका कतै कतै हल्का वर्षा पनि भइरहेको छ।
'अहिले काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ', उनले नेपालखबरसँग भने, 'मेघगर्जन पनि सुनिएको छ, चन्द्रागिरिलगायत केही स्थानमा हल्का पानी परिरहेको छ।'
मौसमविद् ढकालका अनुसार काठमाडौँ मात्र होइन, यतिबेला गण्डकी प्रदेशको पूर्वी क्षेत्रदेखि कोसी प्रदेशको पश्चिमी भेगसम्मको आकाश बादलले ढाकेको छ। साथै देशका विभिन्न स्थानमा वर्षा पनि भइरहेको छ।
आज काठमाडौँ उपत्यकामा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उनले बताए।
'केही घण्टा काठमाडौँको मौसम यस्तै रहने सम्भावना छ', मौसमविद् ढकालले भने, 'दिउँसो केही बेर मौसम केही खुल्ने सम्भावना पनि छ र फेरि साँझपख पानी पर्ने सम्भावना छ।'
Shares

प्रतिक्रिया