सर्लाहीको धनकौलमा चट्याङ लागेर एकजना घाइते भएका छन्। केही पशु चौपाया पनि मरेका प्रहरीले जनाएको छ।
धनकौल गाउँपालिका–४ महिनाथपुरमा शनिबार साँझ परेको चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनको तराई अस्पताल रौतहटमा उपचार भइरहेको छ।
घरगोठमा चट्याङ पर्दा यादवले पालेका १४ वटा चौपायसमेत मरेका छन्। चट्याङ लागेर नौ वटा बाख्रा र पाँचवटा भैँसी मरेका हुन्।
चट्याङपछि आगलागी हुँदा गोठसमेत जलेर नष्ट भएको छ।
138
Shares

प्रतिक्रिया