विभिन्न जिल्लामा चार जनाको शव फेला परेको छ।
पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा दुई र अन्य कारणले ज्यान गुमाएका दुई जनाको शव फेला परेको हो।
मोरङको कटहरी गाउँपालिका- ६ जुडिटोल बस्ने ३० वर्षीय श्याम कुमार सरदारको आफ्नै घर अगाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको छ।
त्यसैगरि सिराहाको लहान नगरपालिका-१५ राजदेवी दह पोखरीमा डुबेर सोही नगरपालिका- १५ लबराहा टोल बस्ने ६६ वर्षीय पशुराम थापा मगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौडास्थित कोशी नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरि भक्तपुरको भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित ७ नम्बर बसपार्कमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष मृत फेला परेका छन्।
यी सबै घटनाका सम्बन्धनमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया