मौसम पूर्वानुमान महाशाखाले बुधबार (वैशाख १६ गते) देशका विभिन्न स्थानमा तीव्र गतिको हुरी चल्ने सम्भावना देखिएको जानकारी दिँदै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
मौसम महाशाखाले मंगलबार जारी गरेको सूचनाअनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोसी प्रदेशका मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हुरी चल्ने सम्भावना देखिएको हो।
मौसम महाशाखाका अनुसार,
हुरी सुरु हुने सम्भावित समय: साँझ ५:४५ बजे, १६ गते बुधबार
समाप्त हुने सम्भावित समय: बिहान ७:४५ बजे, १७ गते बिहीबार
मौसम महाशाखाले भनेको छ, ‘मेघगर्जन/चट्याङ/हुरी/असिनासहित पानी पर्ने प्रणाली पश्चिमबाट क्रमशः पूर्वतिर सर्दै जाने सम्भावना रहेकाले देशका धेरै ठाउँहरूमा यसको प्रभाव पर्ने सम्भावना छ। आवश्यक सतर्कता अपनाउनुहोला।’
Shares

प्रतिक्रिया