समाज


आज पनि काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना

आज पनि काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षाको सम्भावना

नेपालखबर
बैशाख १६, २०८३ बुधबार ६:१९, काठमाडौँ

आज (बुधबार) पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार ‘आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।’

यो प्रि-मनसुनको सिजनमा प्राय: साँझपख वर्षा हुन्छ।

अहिले बिहान भने काठमाडौँ उपत्यकाको आकाशमा आंशिक रूपमा बादल लागेको छ भने भिजिबिलिटी (पारदर्शिता) ६ हजार मिटर छ। अनि बिहान ५:४५ बजेको मापनमा न्यूनतम तापक्रम १७.४ डिग्री सेल्सियस छ।

यद्यपि यो सुरुवाती मापन हो। वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले देखिएभन्दा केही कम हुने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।   

हिजो (मंगलबार) भने काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम १८.४ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २७.५ डिग्री सेल्सियस थियो। 

देशभरको सम्भावित मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad