समाज


आज सार्वजनिक बिदा भए पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आज सार्वजनिक बिदा भए पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

फाइल फोटो


नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार ७:३९, काठमाडौँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने देखिएपछि मन्त्रालयले आज नियमित काम गर्न भनेको हो। 

लगातार तीन दिन बिदा हुँदा सेवाग्राहीलाई असुविधा हुने भएपछि यस्तो निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा‍ समीरकुमार अधिकारीले जानकारी आज (शुक्रबार) श्रमिक दिवस र बुद्ध जयन्तीको सार्वजनिक बिदा परेको छ। 

भोलि शनिबार र पर्सी आइतबार पनि सार्वजनिक बिदा हुने भएपछि सरकारले आज सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न भनेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad