समाज


महिलाहरूको घाँटीबाट सुनको सिक्री लुट्दै हिँड्ने २५ वर्षीय युवक काठमाडौँबाट पक्राउ

महिलाहरूको घाँटीबाट सुनको सिक्री लुट्दै हिँड्ने २५ वर्षीय युवक काठमाडौँबाट पक्राउ

नेपालखबर
बैशाख १८, २०८३ शुक्रबार १४:३१, काठमाडौँ

महिलाहरूले लगाएको सुनको सिक्री लुट्दै हिँड्ने एक युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ। 

पक्राउ गर्नेमा तारकेश्वर नगरपालिका-५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङ रहेका प्रहरीले जनाएको छ। 

चन्द्रागिरी नगरपालिका-६ मातातीर्थ, चन्द्रागिरि-१३ नैकाप, चन्द्रागिरि-७ को घुमाउने लगायतका ठाउँमा बाटोमा हिँडिरहेका
महिलाहरूबाट उनले सुनको सिक्री लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पीडितको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका-५ पैंयाटारबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad