समाज


शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण रोक्न सार्वजनिक शिक्षा सुधारमा राज्यको ध्यान जानुपर्छ: माथेमा

शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण रोक्न सार्वजनिक शिक्षा सुधारमा राज्यको ध्यान जानुपर्छ: माथेमा

नेपालखबर
बैशाख २०, २०८३ आइतबार २१:१, काठमाडौँ

वरिष्ठ शिक्षाविद् डा. केदारभक्त माथेमाले शिक्षा क्षेत्रमा व्यापारीकरण बढेको भन्दै यसलाई रोक्न सार्वजनिक शिक्षामा सुधारको आवश्यकता रहेको बताएका छन्।

आइतबार काठमाडौँ महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय सुधार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले निजी विद्यालयको प्रभावका कारण शिक्षा क्षेत्र महंगो बन्दै गएको बताएका हुन्।

उनले नेपालमा प्रत्येक नागरिकले औसतमा कुल आम्दानीको करिब ६ दशमलव ८ प्रतिशत शिक्षामा खर्च गर्ने गरेको उल्लेख गरे। विकसित देशहरुको तुलनामा नेपालमा शिक्षा महंगो हुँदै गएको भन्दै उनले यसलाई नियन्त्रण गर्न सरकारले सामुदायिक विद्यालयमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

शिक्षा क्षेत्रको बजारीकरण रोक्न र सबै नागरिकलाई समान अवसर सुनिश्चित गर्न सार्वजनिक शिक्षामा लगानी बढाउनुपर्ने उनको भनाइ छ। निजी विद्यालयको विस्तारले खर्च बढाउनुका साथै सामाजिक विभाजनलाई समेत गहिरो बनाउँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

उनले भने, ‘नेपालको शिक्षा धेरै महंगो भयो। प्रत्येक नेपाली नागरिकले औसतमा शिक्षामा कुल आम्दानीको ६ दशमलव ८ प्रतिशत खर्च गर्दछन्। अन्य कुनैपनि विकसित देशमा यति महंगो हुदैँन। त्यसकारण हामीले सार्वजनिक शिक्षामा सुधार गर्नसक्यौँ भने यो बन्द हुन्छ। जापानमा पनि ४ प्रतिशत हुन्छ। तर त्यहाँ उच्च शिक्षाको तयारीका लागि यो लगानी बढी भएको हो। यो सबै पैसा सामूदायिक विद्यालयमा गयोक भने विचार गर्नुहोस् त कति बचत हुन्छ? यो सबै निजी विद्यालयको कारण भएको हो।’

सरकारको कक्षा ५ सम्म परीक्षा नलिने नीति सकारात्मक भएको उल्लेख गर्दै उनले विद्यार्थीलाई निरन्तर गृहकार्यमार्फत सिकाइ प्रक्रियामा सक्रिय राख्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad