बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
बूढीनन्दा नगरपालिकामा चट्याङ लागेर एक जना वृद्धको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीनन्दा–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए।
पशु चौपाया चराउन जंगल गएको बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।
72
Shares

प्रतिक्रिया