नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न चार वटा माग राखेर उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)लाई ज्ञापनपत्र बुझाएको छ।
सोमबार संघका कार्यवाहक सभापति नविन पौडेलले ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा छात्रवृत्ति कोटाको शतप्रतिशत कार्यान्वयन सुनिश्चित गरिनुपर्ने, दोहोरो भर्ना शुल्क तत्काल खारेज गरी असुल गरिएको रकम फिर्ता गरिनुपर्ने माग गरिएको छ।
त्यस्तै, वार्षिक शुल्क दुई महिनाको शुल्कभन्दा बढी लिन नपाउने व्यवस्था कठाइका साथ कार्यान्वयन गरिनुपर्ने र स्टेसनरी तथा विद्यार्थी पोशाक खरिदमा कुनै पनि प्रकारको बाध्यता अन्त्य गरिनुपर्ने माग गरिएको छ।

21
Shares

प्रतिक्रिया