समाज


बीपी, अरनिको र कान्ति लोकपथ पहिरोले अवरुद्ध हुँदा यात्रीलाई सास्ती

बीपी, अरनिको र कान्ति लोकपथ पहिरोले अवरुद्ध हुँदा यात्रीलाई सास्ती

फाइल फोटो


नेपालखबर
बैशाख २२, २०८३ मंगलबार १०:०, काठमाडौँ

वर्षापछिको बाढी-पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्। 

बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्यपहाडी राजमार्गका तीन खण्ड यतिबेला पहिरोले पूर्णरुपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले सास्ती पाएका छन्। 

काभ्रेको नमोबुद्ध नगरपालिका- ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो। 

त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। त्यहाँ पनि सवारी आवागमन पूर्णरूपमा रोकिँदा यात्रुले दुःख पाएका छन्। 

उता लमजुङको मध्यनेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ। 

त्यसैगरि ललितपुरको बागमती गाउँपालिका ३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका ८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी अवरुद्ध बनेको छ। त्यहाँ मुस्किलले सवारी साधन वारपार भइरहेका छन्। 

त्यसैगरि म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पनि पहिरो खस्दा बेनी जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ। 

पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ। 

अवरुद्ध सडकको सूची हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad