जल तथा मौसम विज्ञान विभागले आज (मंगलबार) कम्तीमा ७ जिल्लामा तीव्र गतिको हुरी चल्ने सम्भावना दखिएकाले स्थानीयलाई जोगिने उपाय अपनाउन सुझाव दिएको छ।
विभागका अनुसार आज दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने सम्भावना छ।
यस्तै राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र गतिको हुरीबतास आउने सम्भावना छ।
सचेत गराउँदै विभागले अगाडि भनेको छ, ‘हावाहुरीबाट जोगिने उपायहरू अपनाउन अनुरोध छ।’
सोही सूचनालाई आधार मानी नेपाल प्रहरीले पनि स्थानीयलाई सतर्कता अपनाउन सुझाव दिएको छ।

1.6k
Shares

प्रतिक्रिया