काठमाडौँबाट प्रहरीले गैँडाको खाग जस्तो देखिने बस्तुसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौल गैंडाको खाग जस्तो देखिने १ थान बस्तुसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्ठसमेत ३ जना छन्।
उनीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा उक्त वस्तु फेला पारेको थियो।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
69
Shares

प्रतिक्रिया