समाज


पर्यटकलाई सार्वजनिक बिदाका दिन पनि पदयात्रा अनुमति दिइने

पर्यटकलाई सार्वजनिक बिदाका दिन पनि पदयात्रा अनुमति दिइने

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १५:५८, काठमाडौँ

सरकारले सार्वजनिक बिदाका दिन पनि विदेशी पर्यटकलाई पदयात्रामा जानका लागि अनुमति दिने व्यवस्था गरिएको जनाएको छ। 

बुधबार अध्यागमन विभागले प्रेस विज्ञप्ति जारी गरी शनिबारबाहेक सार्वजनिक बिदाका दिन पनि पदयात्रा अनुमति दिने व्यवस्था गरिएको जनाएको छ। विभागका प्रवक्ता टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा बिदाका दिन दुई घण्टा अनुमति दिने व्यवस्था गरिएको उल्लेख छ। 

‘विभागले पदयाता अनुमति प्रदान गर्ने कार्यलाई शनिबारबाहेकका सार्वजनिक बिदाको दिनमा दुई घण्टा (बिहान ११ देखि दिउँसो १ बजेसम्म) सञ्चालन गर्नेगरी मिति २०८३ वैशाख २३ गते निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

विदेशी नागरिकले १३ जिल्लाका तोकिएको निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिने व्यवस्था छ। यसका लागि अनलाइनबाटै अनुमति दिने गरिएको छ। पछिल्लो समय विभागले समूहमा वा एक जनालाई पनि पदयात्रा अनुमति दिने गरेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad