फेवा तालमा बोट पल्टिँदा खसेका एक जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
बुधबार कास्कीको पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवा तालमा अचानक आएको हावाहुरी र छालको कारणले कायक बोट पल्टिएर अलपत्र परेका युवकको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
तनहुँको भिमाद नगरपालिका घर भइ हाल पोखरा महानगरपालिका-६ बैदाममा बस्ने २८ वर्षीय सुबिन ठकुरीले चलाएको कायक बोट पल्टिएको थियो।
फेवा ताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको रेस्क्यु टोलीले उनलाई उद्धार गरेको हो।
63
Shares

प्रतिक्रिया