समाज


तुइनखोलामा दुईतर्फी नै चल्न थाले गाडी

तुइनखोलामा दुईतर्फी नै चल्न थाले गाडी

नेपालखबर
बैशाख २४, २०८३ बिहिबार ८:१९, काठमाडौँ

नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा ढुंगा खस्न रोखिएपछि दुई तर्फी नै गाडी चल्न थालेका छन्।  

तुईन खोला नजिकै माथिबाट ढुंगाहरू झर्दा बिगत केही दिनदेखि सवारी साधन एकतर्फी मात्रै संचालन गरिएको थियो। 

सडक डिभिजन भरतपुरले बिहीबार बिहानदेखि तुइनखोलमा दुईतर्फी नै सवारी सञ्चालन सुरु भएको जानकारी दिएको हो। 

तुइनखोला पुल नजिकै ढुंगाहरू खस्दा गएको बर्खामा पनि यो सडक पटकपटक अवरुद्ध भएको थियो। 

तराईलाई राजधानी काठमाडौँसँग जोड्ने सबैभन्दा महत्त्वपूर्ण र पुरानो पृथ्वी राजमार्ग अवरुद्ध हुँदा गएको दसैँमासमेत निकै सास्ती पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad