वर्षातका कारण सवारी साधान आवागमन रोकिएको बीपी राजमार्ग सञ्चालनमा आएको छ।
बिहीबार अपराह्न ४ बजेदेखि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ। रोशी खोला जलाधार क्षेत्रमा वर्षा भएपछि बिहीबार दिउँसो १ बजेदेखि यातायात सञ्चालनमा रोक लगाइएको थियो।
मौसममा सुधार भएसँगै यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ। तथापि, बीपी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
यसअघि तीन दिन बीपी राजमार्ग अवरुद्ध भएको थियो। रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालनमा ल्याइएको थियो।
24
Shares

प्रतिक्रिया