समाज


एसईईको नतिजा केही दिनमै सार्वजनिक हुने

एसईईको नतिजा केही दिनमै सार्वजनिक हुने

फाइल फोटो


नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १३:२२, काठमाडौँ

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केही दिनमै सार्वजनिक हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक तुकराज अधिकारीले केही दिनमै एसईईको रिजल्ट सार्वजनिक गर्नको लागि आवश्यक गृहकार्य भइरहेको बताए। 

‘वैशाख २७ गतेपछि जुनसुकै दिन पनि रिजल्ट सार्जजनिक हुन सक्छ। तर, ३० गतेभन्दा उता जाँदैन,’ अधिकारीले नेपालखबरसँग भने, ‘रिजल्ट प्रशासित गर्ने प्रयोजनकै लागि आज पनि हामीले विभिन्न पक्षहरूसँग छलफल गरेका छौँ। एसईईको रिजल्टको लागि अन्तिम गृहकार्य हुँदैछ।’

शिक्षा मन्त्रालयले यही वैशाखभित्रै एसईईको रिजल्ट सार्वजनिक गर्न बोर्डलाई निर्देशन दिएको छ। गएको चैत १९ गतेदेखि सुरु भएको एसइई परीक्षा गत चैत २९ गते सकिएको थियो। 

यस वर्ष ५ लाख १२ हजार ४२१ जनाले एसईई दिएका छन्। नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन्। 

गत वर्षसम्म एसईईको रिजल्ट सार्वजनिक हुन तीन महिना समय लाग्दै आएको थियो। यस वर्ष सरकारले एक महिनामै रिजल्ट सार्वजनिक गर्न लागेको हो। 

गत वर्ष चैत दोस्रो साता सकिएको एसईई परीक्षाको नतिजा असार १३ गते प्रकाशित भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad