समाज


सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण

सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८३ मंगलबार ७:३४, झापा

झापामा जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।

अर्जुनधारा नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट गएराति एक युवक घाइते भएका प्रहरीले जनाएको छ। 

राति करिब नौ बजेतिर मिलन चोकस्थित सडकमा हिँडिरहेको अवस्थामा स्थानीय २४ वर्षीय दिनेश पराजुलीलाई अचानक जंगली हात्तीले आक्रमण गरेको हो।

​हात्तीको आक्रमणबाट पराजुलीको अनुहार, टाउको र पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad