आज (बुधबार) काठमाडौँसहित देशका सबैजसो सहरमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ९:३० बजे जारी गरेको १९ सहरको मौसम प्रक्षेपणमा दिउँसो काठमाडौँ उपत्यकामा मध्यम वर्षा हुने सम्भावना ६० प्रतिशत रहेको उल्लेख छ।
यस्तै आज दिउँसो पोखरा, ओखलढुंगा र ताप्लेजुङमा पनि मध्यम वर्षा हुने सम्भावना ६० प्रतिशत देखाइएको छ।
बाँकी सहरमा भने दिउँसो पानी पर्ने सम्भावना २० देखि ४० प्रतिशतसम्म रहेको मौसम महाशाखाको प्रक्षेपणमा उल्लेख छ।
साथै आज कुन सहरमा तापक्रम कति होला भन्ने आकलन पनि गरिएको छ।
विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्:

यो पनि : देशभर विभिन्न स्थानमा वर्षा अनि यी प्रदेशमा हुरीको पनि सम्भावना
111
Shares

प्रतिक्रिया