नेपाली वयस्यक युवामध्ये एक चौथाइमा उच्च रक्तचाप रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
विश्व उच्च रक्तचाप दिवसका अवसरमा महाशाखाले अपिल जारी गरी यसबारे सचेत गराएको हो। हरेक वर्ष १७ मेमा विश्व उच्च रक्तचाप दिवस मनाउने गरिएको छ।
यसै सन्दर्भमा महाशाखाका निर्देशक डा. अनुप भट्टचनले अपिल जारी गरी सतर्कता अपनाउन जरुरी रहेको जनाएका छन्। महाशाखाका अनुुसार, नेपालमा कुल मृत्युको करिब ७० प्रतिश हिस्सा नसर्ने रहेको रहेको छ।
त्यसमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूबाट मात्रै २७.३६ प्रतिशत मृत्यु हुने गरेको छ। यसको प्रमुख कारण उच्च रक्तचाप रहेको महाशाखाले जनाएको छ।
नसर्ने रोगको जोखिम कारकसम्बन्धी राष्ट्रिय स्टेपस सर्वेक्षणका अनुसार, नेपाली वयस्कमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको डा. भट्टचनले जानकारी दिएका छन्।
यसका कारणमा बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान (अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको प्रयोग), शारीरिक निष्क्रियता, धूमपान तथा मध्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण रहेको महाशाखाले जनाएको छ।
ज्यानै जाने जोखिम रहेको ३० वर्षभन्दा माथि उमेरका सबैले वर्षमा कम्तिमा एक पटक रक्तचाप जाँच गराउन, नुन, चिल्लो तथा प्रशोधित खाना घटाउन, ताजा फलफूल र तरकारीको सेवन बढाउन सुझाएको छ। यस्तै, दैनिक कम्तिमा ३० देखि ४५ मिनेट शारीरिक व्यापाम गर्न, धूमपान तथा मध्यपानबाट टाढा रहन, पर्याप्त निद्रा र तानाव व्यवस्थानमा ध्यान दिन महाशाखाले सचेत गराएको छ। तर, चिकित्सकको परामर्शविना औषधि सेवन नगर्न आग्रह गरेको छ।
यस वर्ष ‘उच्च रक्तचाप नियन्त्रणमा सबैको साथः जाँच गरौ, नियमित रक्तचाप, परास्त गरौँ मृत्युको मौन कारक’ भन्ने नाराका साथ उच्च रक्तचाप दिवस मनाइँदै छ।
Shares

प्रतिक्रिया