आँगनमै बसिरहेको बेला चट्याङ लागेर घाइते भएकी किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।
तनहुँको व्यास नगरपालिका–१४, रुम्सी गाउँकी १९ वर्षीया ललिसा थापाको चट्याङ लागेर मृत्यु भएको हो। आँगनमै बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी थिइन्।
उनलाई स्थानीय बासिन्दाले उपचारका लागि दमौलीस्थित प्रदेश अस्पताल पुर्याएका थिए। अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ।
165
Shares

प्रतिक्रिया