काभा महिला बलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको नेतृत्वमा नेपाली टोली घोषणा गरिएको छ।
शनिबार नेपाल भलिबल संघले ठगुन्नाको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो। नेपाली टोलीमा उषा भण्डारी, मिना सुनार, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, वसन्ती साउँद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, सजना महतो र शान्तिकला तामाङ छन्।
जेठ ८ देखि १५ गतेसम्म काठमाडौँमा च्याम्पियनसिफ हुँदै छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुनेछ।
252
Shares

प्रतिक्रिया