समाज


सशस्त्र प्रहरीकी सहायक हबलदार अनिता कार्की पुगिन् सगरमाथा चुचुरोमा

सशस्त्र प्रहरीकी सहायक हबलदार अनिता कार्की पुगिन् सगरमाथा चुचुरोमा

नेपालखबर
जेठ ३, २०८३ आइतबार १३:५, काठमाडौँ

सशस्त्र प्रहरीका सहायक हवल्दार अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्।

कार्की सशस्त्र प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोहीसमेत बनेकी छन्। 

उनले आज जेठ ३ गते (मे १७ तारिख) बिहान १० बजेर २० मिनेट जाँदा सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेर इतिहास रचेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही हुन्। 

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन्। 

साथै उनले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन्।

राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही अनिता कार्कीले खेलकुद, अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएकी छन्।

उनको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए।

कार्कीको ऐतिहासिक सफलताले सशस्त्र प्रहरीभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad