काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम बदली भएको छ।
आज काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
‘अहिले बिहान पनि काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ’, उनले नेपालखबरसँग भने, ‘हल्कासम्म वर्षा हुने सम्भावना छ।’
त्यसो त बेलाबेला घाम पनि देखिने सम्भावना रहेको मौसमविद् दाहालले बताए।
देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ।
258
Shares

प्रतिक्रिया