समाज


दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गर्दै राष्ट्रसंघ

दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गर्दै राष्ट्रसंघ

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १७:४६, काठमाडौँ

राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा राष्ट्रसंघीय शान्ति स्थापना सञ्चालन भएको दिवसको स्मरणमा शुक्रबार राष्ट्रसंघीय शान्ति सैनिक दिवस मनाइँदै छ।

यसै अवसरमा दुई जना नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गरिँदैछ। 

ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा आगामी जुन यही जेठ २२ गते महासचिव एन्टोनियो गुटरेसले शान्तिसेनाको सम्मानमा पुष्पचक्र अर्पण गर्ने कार्यक्रम छ। 

साथै, कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका ६८ जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामर्शोल्ड पदक प्रदान गरिनेछ। यो पदकबाट नेपालका सुरज लामिछाने तथा देवीराम जैसीलाई मरणोपरान्त सम्मान गरिँदै छ। 

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सबैभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल हो। नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी परिचालन भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad