आज (आइतबार) काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार यतिबेला काठमाडौँ उपत्यकाको लगभग आकाशभरि बादल छ।
‘तर यो बादल बिस्तारै कम हुँदै जाने र घाम देखिने सम्भावना छ’, उनले आज बिहान ६:२० बजे नेपालखबरसँग भने, ‘फेरि दिउँसोपछि मौसम बदली भएर मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
यद्यपि काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना ४० प्रतिशत मात्र देखिएको मौसमविद् ढकालले बताए।
देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे विस्तृत बुलेटिन जारी गर्नेछ।
297
Shares

प्रतिक्रिया