खेल


यूईएफए च्याम्पियन्स लिगको उपाधि लगातार दोस्रोपटक पीएसजीको पोल्टामा

यूईएफए च्याम्पियन्स लिगको उपाधि लगातार दोस्रोपटक पीएसजीको पोल्टामा

नेपालखबर
जेठ १७, २०८३ आइतबार ६:४१, काठमाडौँ

आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। 

शनिबार राति बुढापेस्टमा भएको फाइनलमा आर्सनललाई ४–३ ले हराउँदै पीएसजीले उपाधि हात पारेको हो।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर थप समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो।

टाइब्रेकरमा आर्सनलका एबेरेची एजे र ग्राबिएल महलहाएसको प्रहार विफल हुँदा पीएसजीले उपाधि पाएको हो। 

त्यसअघि निर्धारित समयको छैटौँ मिनेटमा काइ हाभर्ट्सको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो।

तर खेलको ६५औँ मिनेटमा उस्मान डेम्बेलेको पेनाल्टी गोलमा पीएसजी खेलमा फर्किएको थियो। 

त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेलको छिनोफानो टाइब्रेकरबाट गर्नुपर्‍यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad