खेल


एसियन गेम्समा छनोट हुन नेपाली महिला क्रिकेट टोलीलाई आज अन्तिम मौका

एसियन गेम्समा छनोट हुन नेपाली महिला क्रिकेट टोलीलाई आज अन्तिम मौका

नेपालखबर
जेठ १७, २०८३ आइतबार ६:५२, काठमाडौँ

यही वर्ष जापानमा हुने एसियाली खेलकुदमा छनोट हुन जित्नै पर्ने दबाबमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आइतबार चीनसँग खेल्दै छ। 

एसियाली छनोटको तेस्रो स्थानका लागि हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ।

मलेसियाको वायोमास ओभलमा हुने तेस्रो स्थानको खेलमा नेपालले चीनलाई पराजित गरे एसियाली खेलकुदमा स्थान पक्का गर्नेछ। यो खेलमा हार भोगे नेपाली टोली एसियाली छनोटबाट बाहिरिने छ।

सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग २ विकेटले पराजित भएपछि नेपाली टोलीले तेस्रो स्थानका लागि खेल्न लागेको हो। 

समूह चरणमा नेपाल र चीन एकै समूहमा थिए। समूह चरणको खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो। 
छनोटको फाइनलमा स्थान बनाएका मलेसिया र थाइल्यान्ड एसियन गेम्सका लागि छनोट भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad