समाज


हत्या आरोपी तत्कालै पक्राउ

हत्या आरोपी तत्कालै पक्राउ

नेपालखबर
जेठ १८, २०८३ सोमबार १४:४, काठमाडौँ

झापा प्रहरीले एकजना हत्या आरोपीलाई पक्राउ गरेको छ। 

मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको अभियोगमा सोही ठाउँस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गरी बस्ने तनहुँ घर भएका ३५ वर्षीय राम बहादुर गौतम पक्राउ परेका हुन्। 

उनलाई घटनालगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

आपसी वादविवादको क्रममा राम बहादुरले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका रूद्रको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो। 

खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले आरोपीलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad