राजनीति


प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध

प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध

नेपालखबर
जेठ १८, २०८३ सोमबार १४:४, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधि सभामा राखेको ‘नेपालले पनि भारतको जमिन मिचेको’ भनाइलाई लिएर राष्ट्रिय सभा बैठकमा प्रतिपक्ष दलले विरोध जनाएका छन्। 

सोमबारको बैठकमा प्रतिपक्ष दलहरूले उभिएर प्रधानमन्त्री शाहको भनाइप्रति आपत्ति जनाउँदै विरोध गरेका हुन्। अध्यक्ष नारायणप्रसाद दाहालले सदनको कारबाही सुरु गर्न लाग्दा प्रतिपक्ष दलले उभिएर प्रधानमन्त्रीको विरोध जनाए।

प्रधानममन्त्रीको भनाइ संसदको रेकर्डबाट नहटेसम्म सदन अवरुद्ध जारी राख्ने चेतावनी दिए। आइतबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले भारतले मात्रै नेपालको भूमि मिचेको नभइ नेपालले पनि भारतीय भूमि मिचेको र वार्ताद्वारा समाधान गर्ने अभिव्यक्ति दिएका थिए। 

सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad