समाज


तीव्र गतिको मोटरसाइकल घरको पर्खालमा ठोकिँदा २४ वर्षीय युवकको मृत्यु, अर्का किशोर गम्भीर घाइते

तीव्र गतिको मोटरसाइकल घरको पर्खालमा ठोकिँदा २४ वर्षीय युवकको मृत्यु, अर्का किशोर गम्भीर घाइते

नेपालखबर
जेठ १९, २०८३ मंगलबार ११:१८, उदयपुर

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। अर्का एक किशोर गम्भीर घाइते भएका छन्। 

सोमबार राति करिब १२ बजेतिर त्रियुगा नगरपालिका-१२ बुद्ध चोकस्थित भित्री सडक खण्डमा स.९ प ८२५३ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा स्थानीय २४ वर्षीय हेमन्त सदाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी मोटरसाइकलका चालक हुन्। 

स्थानीय जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको मोटरसाइकल तीव्र गतिको कारण अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि गम्भीर घाइते भएका सदालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उनको उपचारकै क्रममा गएराति मृत्यु भएको हो। 

मोटरसाइकलको पछाडि सवार त्रियुगा-१ सोनापुर बस्ने १८ वर्षीय राकेश सदा गम्भीर घाइते भएका छन्। 

उनलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि  न्युरो अस्पताल विराटनगर लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad